आज ह्वात्तै बढ्यो अमेरिकी डलरसहित सबै देशको भाउ

काठमाडौँ । आज चैत २७ गते (बिहीबार) अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर ह्वात्तै बढेको छ। विश्वभर कोरोना भाइरसको महामारी बढिरहेका बेला विदेशी मुद्राको विनिमयदरमा पनि निकै उतारचढाब आइरहेको हो ।आज अमेरिकी डलर एकको खरिददर १ सय २१ रुपैयाँ ९० पैसा तथा बिक्रिदर १ सय २२ रुपैयाँ ५० पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय ३२ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ २४ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५० रुपैयाँ ७२ पैसा र बिक्रिदर १ सय ५१ पैयाँ ४६ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५९ पैसा रहेको छ।त्यस्तै कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ६४२ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १९ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ २ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १६ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ९१ रुपैयाँ ९६ पैसा तथा बिक्रिदर ३ सय ९३ रुपैयाँ ८९ पैसा रहेको छ।बहराईन दिनार एकको खरिददर ३ सय २३ रुपैयाँ ३० पैसा तथा बिक्रिदर ३ सय २४ रुपैयाँ ८९ पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *