एकासी सोच्नै नसक्ने गरि ह्वात्तै घट्यो सुनको मुल्य

काठमाडौं । सुनको मूल्यमा पुनः गिरावट आएको छ । बुधबार एक हजारले बढेको सुनको मूल्य बिहीबार तोलामा १५ सयले घटेको छ । सुनसँगै चाँदीको भाउ पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार ५ सय र चाँदी ३० रुपैयाँले घटेको हो । बुधबार ७६ हजार ५ सयमा कारोबार भएको छापावाला सुन बिहीबार १ हजार ५ सयले घटेर ७५ हजारमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *