चैत मसान्तसम्म विद्यालय र कलेज ब’न्द गर्ने सरकारको निर्णय

काठमाडौं । विश्वभर को’रोनाको त्रा’स फैलिदा त्यसको प्र’भाव नेपालका समेत विभिन्न क्षेत्रमा परेको छ। सरकारले को’रोना भा’इरस संक्रमण फैलन नदिन सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, डान्स क्लब ब’न्द गर्ने निर्णय गरेको छ ।बुधबार बसेको को’रोना रो’कथाम उच्चस्तरीय समितिको बैठकले यस्तो नि’र्णय गरेको अर्थमन्त्री समेत रहेका सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।त्यस्तै, एउटा स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने पनि समितिले नि’र्णय गरेको छ ।उक्त निर्णय आगामी वैशाख १८ गतेसम्म लागु हुने स’मितिले जनाएको छ ।

निर्णयको २ नं. बुँदामा भनिएको छ, ‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने ।’यसको अनुगमानका लागि गृहमन्त्रालय, संस्कृतिक, पर्यटन तथा नागरिक उड्डायन मन्त्रायल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिइएको छ ।निर्णयको १३ नं. बुँदामा होटल, रेष्टुरेन्ट तथा सपिङ्ग महलको सञ्चालकहरुलाई हात सफा गर्ने स्या’निटाइजर लगायत स’फाइका सामग्रीको प्रबन्ध गरी टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नि’यमित रुपमा डि’सइन्फेक्सन गर्न लगाउने पनि भनिएको छ ।

त्यस्तै ‘चैत ६ गतेदेखि सञ्चालन हुन गइरहेको एसईई परीक्षा प्रत्येक केन्द्रहरुमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क स्थापना गरी सु’रक्षित एवम् व्यवस्थित रुपमा सम्पन्न गर्ने’, बैठकपछि सार्वजनिक वि’ज्ञप्तिमा भनिएको छ, ‘तर बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालयहरुमा पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि ब’न्द गर्ने ।’प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बै’ठकले को’रोनाको विषयमा भ्र’म फै’लाउने र सामान लु’काउनेलाई का’रबाही गर्नेलगायत विभिन्न १५ बुँदे नि’र्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *